३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चलचित्र ‘आदिपुरुष’को संवाद नसच्चाएसम्म काठमाडौंका मेयर वालेनले हिन्दी चलचित्र चल्न नदिने



 

३२ जेठ ।  चलचित्र ‘आदिपुरुष’को संवाद नसच्चाएसम्म काठमाडौंका मेयर वालेनले काठमाडौंका चलचित्र भवनहरुमा हिन्दी चलचित्र चल्न नदिने भएका छन् ।

विहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र भई भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उल्येख गरेका छन् ।

उनले चलचित्रको संसाद सच्याउन ३ दिनको समय दिएका छन् ।
यस्तो छ मेयर वालेनको भनाई :
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।