९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिकाले दिएको तालिमको औचित्य नभएको उपमेयर अधिकारीद्वारा स्वीकार



ललितखबर
१ असार । गोदावरी नगरपालिकाले सञ्चालन गरेको विभिन्न तालिमहरु कुनै औचित्य नभएको नगरपालिकाकी उपमेयर मुना अधिकारीले स्वीकार गरेकी छिन् ।
गोदावरीमा आयोजित एक कार्यक्रममा उपमेयर अधिकारीले तालिमको उपलव्धि औचित्यका बारेमा आफूमाथि प्रश्न उठेको बताइन् । तालिम लिने तर उद्यम नगर्ने प्रबृति रहेकोले तालिमहरुको कुनै औचित्य नरहेको बताइन् ।
अहिलेसम्म कुनै पनि उपलव्धि नभएको स्वाकार गरे पनि उपमेयर अधिकारीले तालिम केन्द्र नै खोलेर निरन्तर तालिम दिने योजना सुनाइन् । महिला सुरक्षित आवास गृहमा तालिम केन्द्र खोल्ने र सधैभरि तालिम सञ्चालन गर्ने उनको योजना छ ।

उपमेयर अधिकारीले आफ्नै जोडबलमा महिलाहरुका लागि योजना कार्यविधिमा छिराएको बताइन् ।

उपमेयर अधिकारीले धेरै योजना महिलाहरुका लागि राखे पनि हलुवामा वालुवा र्झै भएको छ ।

गोदावरी नगरपालिकाले उपलव्धिविहीन धेरै योजनामा बजेट विनियोजन गरेको जनगुनासो छ । महिलाहरुका लागि विभिन्न किसिमको तालिम दिए पनि उद्यम व्यावसायमा आर्कर्शित छैनन् ।

हेर्नुस् भिडियो :

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : २१ बजे