६ असार । विशेष अदालतले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र सहसचिव चुडामणि शर्मालाई जेल सजाय निर्धारण गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका महतलाई ९ वर्ष एक महिना तथा ढकाल र शर्मालाई ९/९ वर्ष कैद सजाय तोकेको हो ।
साथै उनीहरूलाई ६ अर्ब १५ करोड ७० लाख ४६ हजार कुल बिगो तिराउने पनि ठहर भएको छ । तीन जनाले दामसाहीले जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय बिगो तिनुपर्छ । राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले उनीहरुले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।







प्रतिक्रिया