९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिकाद्वारा फजुल खर्चका लागि करोडौं बजेट



११ असार । आर्थिक बर्ष २०८० \८१ क लागि गोदावरी नगरपालिकाद्वारा फजुल खर्चका लागि करोडौं बजेट छुट्याएको छ । नगरपालिकाले आइतबार ल्याएको बजेटमा नगरपालिकाले भैपरि आउने खर्च भन्दै ४ करोड बजेट छुट्याएको छ । सँगै विविध खर्चको शिर्षक दिएर अर्को ३ करोड छुट्याएको छ ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि १ करोड बजेट छुट्याएको छ । नगरपालिकाले आफै फोहोर भने उठाउदैन । शिर्जनशीप नामक एक संस्थालाई नगरपालिकाले फोहोर उठाउने ठेक्का दिएको छ । सो संस्थाले चर्को शुल्क असुलेर नगरबासीको फोहोर उठाउने गरेको छ ।
नगरपालिकाले नगरबस सञ्चालन गर्न २ करोड छुट्याएको छ । दमकलका लागि २ करोड राखिएको छ ।
नगरपालिकाले मर्मत खर्चका लागि भन्दै अर्को ३ करोड राखेको छ । यी सबै बजेट मेयर गजेन्द्र महर्जनको तजविजमा खर्च हुने नगरपालिका श्रोतले जानकारी दिएको छ ।
नगरपालिकाले आगामी बर्ष प्रशासनिक खर्च मात्रै ३० करोड राखिएको छ । साथै विपतका लागि २ करोड बजेट राखिएको छ ।

नगरपालिकाले शिक्षामा ५ करोड,स्वास्थ्यमा ३ करोड कृषिका लागि १ करोड ५० लाख, पशुका लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।
नगरपालिकाले हरेक वडाले १ करोड ५० लाख खर्च गर्ने गरि २१ करोड बजेट दिएको छ ।
पुर्वाधार निर्माणका लागि ३५ करोड खर्चने भएको छ । नगरपालिकाकी उपमेयर मुना अधिकारीले आइतबार २ अर्व ३३ करोड रुपैयाँ बराबारको बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १ : १४ बजे