११ असार । निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ को छायांकन सकिएको छ । ३६ औं दिनमा सोमबार फिल्मको छायांकन सकिएको हो । काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा फिल्मको मुहूर्त गर्दै काभ्रेबाट छायांकन शुरु भएको थियो ।
फिल्म जनता र शक्तिको कथामा आधारित छ । निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा देखिएका हुन् । बस्नेतले पछिल्लो समय सन् २०१७ ‘लुट २’ निर्देशन गरेका थिए ।
स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा काम गरेकी छन् ।
प्रतिक्रिया