११ असार । गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई कानूनी कार्वाहीका लागि रोमानियाको अध्यागमन कार्यालयमा बुझाइएको छ ।
आयोजक संस्थाका नरेश गिरीका अनुसार ती व्यक्तिलाई अहिले रोमानियाको अध्यागमनमा हिरासतमा राखिएको छ । नेपाली समयानुसार सोमबार राती भएको उक्त घटना लगत्तै आयोजकले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अध्यागमनलाई बुझाएका थिए ।
अध्यागमनले अब उनलाई अदालतमा पेश गर्ने जानकारी गिरीले दिए । मादक पदार्थ सेवन गरेको भनिएका ती व्यक्तिले क्यान बियरको बोतलले प्रहार गर्दा गायक सपुतको अनुहारमा चोट लागेको थियो । ती व्यक्तिको नाम भने खुलाइएको छैन ।
प्रतिक्रिया