१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीका मेयर गजेन्द्र र उपमेयर मुनालगायतविरुद्ध अख्तियारमा सार्वजनिक जग्गा मिचेर प्लटिङको अनुमती दिएको भन्दै उजुरी



ललितखबर
१३ असार । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी र वडाध्यक्षहरुविरुद्ध अख्तियारमा सार्वजनिक जग्गा मिचेर प्लटिङको अनुमती दिएको भन्दै उजुरी परेको छ । उनीहरुमाथि शुष्म अनुसन्धान गरि कारवाही गरि पाउ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

गोदावरी १० मा रहेको टिकाभैरव पाटन राजकुलोमा मापदण्ड विपरित गरिएको जग्गा प्लटिङ ।

गोदावरी सचेत नागरिक सरोकार समूहले मंगलबार अख्तियारमा दर्ता नम्बर ०७३४२२ मा सो उजुरी दर्ता भएको अख्तियार श्रोतले ललितखबरलाई जानकारी दिएको छ ।
उजुरीमा मेयर महर्जन र उपमेयर अधिकारीले नगरपालिकाको वडा नं. १ देखि १४ सम्म अबैध जग्गा प्लटिङ गर्न अनुमती दिएको अनुमती दिएको ठाँउमा राजकुलो वन र सार्वजनिक जग्गा मिचिएको छ राजकुलो सार्वजनिक जग्ग र वन क्षेत्र मिचेको जानकारी रहे पनि अनुगमन गरेर कारवाही नगरेको आरोप लगाइएको छ ।
गोदावरी वडा नंं. १० मा २ सय मिटर राजकुलो मिचेको,मुलडोलमा वन क्षेत्र मिचेर जग्गा प्लटिङ गरेको,गोदावरी नगरपालिकाको वडा नं. १ र १४ मा खोलाको मापदण्ड १० र १० मिटर छोड्नु पर्नेमा खोलाको विचमै आरसिसि ढलान गरेर जग्गा मिचेको उजुरीमा उल्येख छ ।


नगरपालिकाको एक प्लटिङको उजुरीसँगै १२ असोज २०७८ मा आयोगले पठाएको पत्रको समेत नगरपालिकाले धज्जी उडाएको उत्येख गरिएको छ । आयोगले गोदावरी नगरपालिकालाई शहरी विकाश मन्त्रालयको बस्ती तथा शहरी विकास योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड २०६४ को दफा १३ को ६ र १ अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणको स्वीकृती नलिई जग्गा प्लटिङ तथा कित्ताकाट नगर्न निर्देशन दिएको थियो ।
स्थानीय निकायले कुनै पनि बस्ती विस्तार गर्न अनुमती दिन मिल्दैन । जग्गा प्लटिङ गर्न अपार्टमेन्ट तथा हाउजिङ निर्माण गर्न परे काठमाडौं उपत्यका विकास प्राधिकरणको अनिवार्य स्वीकृती लिएर मात्रै जग्गा प्लटिङ गर्नु पर्नेमा गोदावरी नगरपालिका सयौं जग्गा प्लटिङ गर्न मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी र वडाध्यक्षहरुले अनुमती दिने गरेका छन् ।


मेयर महर्जनले एक सार्वजनिक कार्यक्रममा गोदावरीमा बसोबास गर्न देशभरका जनता गोदावरी नगरमा बस्न चाहेको भन्दै खुशी व्यक्त गर्दै अबैध प्लटिङको पक्षमा वकालत गरेका थिए ।
नगरपालिकामा गरिएको प्लटिङ बसोबास योग्न नरहेको विज्ञहरुले बताउने गरेका छन् । भीर र पहिरोको जोखिम रहेको जग्गा वा बाढी र पहिरोले पुर्ने खतरा रहेको खोल्सामा जग्गा प्लटिङ गरिएकाले जुनसुकै बेला विपत आउने उनीहरुले चेतावनी दिएका छन् ।


गत २०७५ माघ १० गते गोदावरी नगरपालिकाको नगरसभाले स्ती तथा शहरी विकास योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड २०६४ विपरित हुने गरी २ रोपनीसम्म जग्गा वडा कार्यालयले र ५० रोपनी नगरपालिकाले सम्याउन अनुमती दिने निर्णय गरेको थियो । नगरपालिकाले ‘भु उपयोग, घरेडी तथा बस्ती विकाश कार्यविधि २०७८’ पारित गरेर नगरभरि अबैध प्लटिङ निर्माण गर्न सघाउ पु¥याइरहेको छ ।

 

यस्तो छ उजुरी :

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ४ : ४८ बजे