२१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा नेकपा एमालेले राजनीतिक अभिष्ट पूरा गर्न खोजेको आरोप लगाएको छ ।
सचिवालयले आज एक विजप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले असार १८ गते काठमाडौंमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिको अपव्याख्या गरिएको दाबी गरेको हो ।
सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गरेको तर यसलाई अपव्याख्या गरिएकाे प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री सदैव संघीय संसदप्रति जवाफदेही रहे पनि संसदमा प्रष्टीकरणको मौकासमेत नदिइ प्रधानमन्त्रीको भनाइको आसयविपरित एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया