‘रविन एन्ड द न्यु रिभोलुसन ब्यान्ड’का संस्थापक तामाङको अन्त्येष्टि स्वयम्भूमा तामाङ संस्कार र बौद्ध परम्परा अनुसार हुने निश्चित भएको छ ।
२१ असार । गतमंगलबार बिहान हृदयाघातका कारण गायक तथा अभिनेता रविन तामाङको अन्त्येष्टि आइतबार हुने भएको छ ।
पारिवारिक श्रोतका अनुसार ‘रविन एन्ड द न्यु रिभोलुसन ब्यान्ड’का संस्थापक तामाङको अन्त्येष्टि स्वयम्भूमा तामाङ संस्कार र बौद्ध परम्परा अनुसार हुने निश्चित भएको छ ।
गायक तामाङको स्वम्भूमा हुने अन्तिम संस्कारअघि गरिने शोक सभाको मितिम, सय र स्थानबारे अर्को सूचनामार्फत जानकारी दिन बताइएको छ ।
‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो
तामाङको असामयिक निधनले नेपाललगायत संसारभरका नेपाली संगीत प्रेमीहरुलाई ठूलो आघात पारेको छ । नेपाली रक संगीतका मियो बनेका गायक तामाङको अन्तिम बिदाइमा सम्पूर्ण शुभेच्छुक र इष्टमित्रलाई सहभागी हुन सूचित गरिएको हो ।
‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ५ चिस्यानीस्थित निवासमा मृत फेला परेका थिए । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
नेपाली रक ब्याण्ड ‘रविन एन्ड दि रेभोलुसन’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो ।
ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानका रूपमा उनको जन्म सिंगापुरमा भएको थियो ।








प्रतिक्रिया