५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथको यातायातमन्त्री प्रकाश ज्वालाले अनुगमन गर्दै भने, ‘स्रोत अभाव हुँदैन’



सडक चौडा तथा सुधार गरी कालोपत्रमा स्तरोन्नतकिा लागि रु तीन अर्ब ७८ करोड बराबरको बजेट विनियोजन गरेको छ । कूल ७९ किलोमिटर लामो सो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनःनिर्माण र कालोपत्र गर्न बाँकी छ

२२ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज कान्ति लोकपथको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन निरीक्षण गरेका छन् ।
स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले वैकल्पिक राजमार्गको रुपमा रहेको कान्ति लोकपथलाई व्यवस्थित रुपमा अगाडि बढाउन सरकार र मन्त्रालयको तर्फबाट स्रोत अभाव नहुने बताए । उनले निर्माण व्यवसायीलाई तोकिएको समयभित्रै काम सम्पन्न गर्न तथा कुनै पनि कमी कमजोरी नगर्न समेत निर्देशन दिएका छन् । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, आयोजना सम्बद्ध अधिकारीको सहभागिता थियो ।
काठमाडौँ उपत्यकालाई तराई मधेशसँग जोड्ने पुरानो राजमार्ग भए पनि हालसम्म प्रभावकारी रुपमा सञ्चालन एवं पुनःनिर्माण कार्यले गति लिन सकेको छैन ।

सरकारले सो आयोजनाका लागि सडक चौडा तथा सुधार गरी कालोपत्रमा स्तरोन्नतकिा लागि रु तीन अर्ब ७८ करोड बराबरको बजेट विनियोजन गरेको छ । कूल ७९ किलोमिटर लामो सो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनःनिर्माण र कालोपत्र गर्न बाँकी छ । त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी छ । कूल ७२ किलोमिटर सडक चौडा तथा सुधार भइसकेको छ ।

राजमार्गको विभिन्न ठाँउमा वर्षात्को समयमा बारम्बार पहिरो गइरहने कारणले गर्दा सडक अवरुद्ध हुन पुगी पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहेको पाइएको छ । पहिराका कारण बिग्रन गएको सडक पुनःनिर्माण गर्न लाग्ने ठूलो परिमाणको टेवा पर्खाललगायत संरचनाका लागि स्रोतको अभाव हुने गरेको छ । जथाभावी रुपमा पहुँच सडक निर्माण गरिदा पानीको निकासलगायतका समस्या रहेको छ । कमजोर भूबनोटका कारण पनि निर्माण भइसकेको संरचनामा क्षति पुगेको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।