बनेपा नगरपालिका वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कूल जम्मा दुई दशमलव ५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ
२८ असार । विहीबारको मन्त्रीपरिषदको बैठकले अत्याधुनिक चलचित्र छायाङ्कन, स्टुडियो निर्माण आयोजनाका लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कूल जम्मा दुई दशमलव ५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ ।
मन्त्रीपरिषद्ले जग्गा प्राप्तीको स्वीकृती दिएसँगै चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले खुशी व्यक्त गरेका छन् । उनले नेपाली चलचित्रको वृद्धि विकाससँगै पुरा नेपाललाई नै अन्तराष्ट्रिय चलचित्रहरुको लागि समेत खुला स्टुडियोको रुपमा प्रचारप्रसार गरिरहेको अध्यक्ष केसीले उल्येख गरेका छन् ।
प्रतिक्रिया