३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा



२९ असार । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् ।

उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नुहुनेछ र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने दूतावासले जनाएको छ ।

यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ । साथै उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नेछन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।