२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री दिपाले उठाइन हात, पत्रकारले बजाए ताली



मुलधारको पत्रकारिता भंग भएर व्यक्तिबादी सञ्चार साधनको बोलवाला चल्न थालेको भन्दै अवको पत्रकारिताको परिभाषा र काम गर्नेशैली परिवर्तन गर्नुपर्ने

 

ललितखबर
२९ असार । राजधानीमा शुक्रबार चलचित्र पत्रकार संघ र कलाकर्मीहरुसँगको अन्र्तक्रिया ज्यादै रोचक बन्यो । पत्रकार र कलाकारहरुबीच सामान्य घोचपेच र आरोप प्रत्यारोपबीच प्रश्नोत्तरसम्म आइपुग्दा
अभिनेत्री तथा चलचित्र निर्देशक दिपाश्री निरौलाले पत्रकारहरुदेखि डर लाग्ने बताइन् ।
अभिनेत्री निरौलाले पत्रकारहरुले समाचार तोडमोड र काटकुट गरेर लेख्ने गरेकाले डर  लाग्ने गरेको उनको भनाई थियो । ।
प्रश्नोत्तरका क्रममा एक पत्रकारले अभिनेत्री निरौलाले आफूनजिकका पत्रकारहरुलाई मात्रै समाचार दिने पत्रकारलाई चलचित्रबारे समाचार लेख्न अनुमती नदिने, समाचार सामाजिक सञ्जालमा शेयर गर्ने र आफू अनुकूल सञ्चारमाध्यमहरुलाई मात्रै साथ लिने गरेको भन्दै जवाफ मागे । पत्रकारले गरेको प्रश्नमा समर्थन जनाउदै अन्य पत्रकारहरुले ताली बजाएका थिए ।
अभिनेत्री निरौलाले हात उठाउदै आफूले अन्य धेरै समाचारहरु सामाजिक सञ्जालमा शेयर गर्ने गरेको सम्भव भएसँगै सबैको साथ लिने गरेको बताइन् ।
आफूले छक्का पञ्जा ४ प्रर्दशनको बेला धेरै काम बाँकी रहेकाले पत्रकारहरुसँग सहकार्य गर्न नपाएको भन्दै माफी समेत मागिन् ।
पत्रकार तथा निर्देशक फुलमान बलले मुलधारको पत्रकारिता भंग भएर व्यक्तिबादी सञ्चार साधनको बोलवाला चल्न थालेको भन्दै अवको पत्रकारिताको परिभाषा र काम गर्नेशैली परिवर्तन गर्नुपर्ने राय व्यक्त गरे ।
अर्की अभिनेत्री केकी अधिकारीले सिने क्षेत्रमा प्रतिभा र सम्भावना भएका कलाकारबारे लेख्नु पर्ने बताइन् ।
कार्यक्रममा धेरै भ्युज जाने सञ्चारमाध्यमहरुको साथ लिएर अरु पत्रकारलाई वास्तै नगर्ने प्रबृत्ति मौलाएको विषय पत्रकारहरुले उठाएका थिए । उनीहरुले सधै सकारात्मक मात्रै समाचार लेखिदिने, पाठकबीच प्रभाव भएका पत्रकारहरु बोकेर हिड्ने गरेको आरोप लगाए । जसका कारण कला क्षेत्रमा गुटबन्दी भएको विषय उठेको थियो ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।