७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिकाले निकाल्यो सहकारी सञ्चालकको पक्षमा सूचना



जारी सूचनामा ऋण नतिरे सम्पती रोक्का हुन सक्ने र ऋणको जायजेथाबाट असुल उपर हुने कानूनी व्यवस्था रहेको स्मरण गराइएको छ

३० असार । गोदावरी नगरपालिकाले नगरभित्रका सहकारीलाई सजिलो पर्ने गरि सूचना जारी गरेको छ ।
ऋणीले समयमै ऋण नतिर्दा सहकारीलाई बचत फिर्ता गर्न अप्ठ्यारो परेको भन्दै नगरपालिकाले सहकारी सञ्चालकहरुको पक्ष पोषण गर्दै सूचना जारी गरेको छ ।
नगरभित्र सञ्चालित सहकारीको ऋण उठाउन सहज हुने गरि सहकारी शाखाले शेयर सहस्यहरुलाई समयमै ऋण चुक्ता गर्न अनुरोध गर्दै सूचना जारी गरेको हो । जारी सूचनामा ऋण नतिरे सम्पती रोक्का हुन सक्ने र ऋणको जायजेथाबाट असुल उपर हुने कानूनी व्यवस्था रहेको स्मरण गराइएको छ ।
पछिल्ले समय सहकारीको ऋण नतिरे पनि हुने भन्ने जस्ता कुराहरु सामाजिक सञ्जालमा पोष्ट हुने गरेको थियो ।
सहकारी शाखाको फेसबुक पेजमा भने नगरपालिकाले चलखेल गरेको आरोप लगाइएको छ । कमेन्ट अनुसार नगरपालिकाको नलखेलका कारण सहकारी सञ्चालकहरुको पक्षमा सूचना जारी भएको हो ।
शशिधर न्यौपाने र गंगा केसीले नगरपालिकाले चलखेल गरेको आरोप लगाएका छन् । निर्मला क्षेत्रीले नगरपालिकाले सञ्चालक समितीका सदस्यहरुलाई पहिला कारवाही गर्न माग गरेकी छिन् । उनले नगरपालिकाका कर्मचारी र संस्थाका संचालक समितीका सदस्यहरु मिलेर जे गर्दा पनि हुने अवस्था रहेको कमेन्टमार्फत बताएकी छिन् ।

नगरपालिका भित्र सहकारी संस्थाहरुले लामो समयसम्म पनि बचतकर्ताको रमक भुक्तानी नगर्दा समेत सहकारी शाखाले सहकारीहरुलाई कारवाही नगरेको आरोप लाग्ने गरेको छ । सहकारी सञ्चालकहरु फरार रहेको अवस्थामा समेत आवश्यक कारवाही नभएको बचतकर्ताहरुको गुनासो छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  २ : ३३ बजे