१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


पत्रकार महासंघ ललितपुर शाखाका सदस्य पौडेललाई ज्यान मार्ने धम्की आएको भन्दै भर्त्सना



३१ काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य एवं विकासन्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई समाचारको विषयलाई लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएको छ ।
असार २९ गते शुक्रबार बेलुका ६ः५५ बजे मेडिकल व्यवसायी प्रसाईले ९८०१०५२२२२ नम्बरबाट फोन गरी धम्कीपूर्ण शब्द प्रयोग गरेर पत्रकार पौडेललाई धम्क्याएको महासंघ ललितपुर शाखाले जनाएको छ ।
महासंघले भनेको छ , ‘संप्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानूनी उपचारमा जानसकिने स्थापित पद्धति र प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । महासंघ पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको भत्र्सना गर्दछ ।’
पत्रकारलाई दिइएको यो धम्की सार्वजनिक रूपमा फिर्ता लिई संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य नदोहो¥याउन सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकार सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्धक्क र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दछ ।

 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।