१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता सरोज खनाल निर्देशक बनेपछि सिनियर कलाकारहरुलाई निर्देशन गर्न असहज



धेरै सिनहरुमा कलाकार आफैले दोहो¥याएर रिटेक लिएका छन् । मैले कलाकारहरुलाई आफ्नो अभिनय र चरित्र निर्माणमा आफैले अवसर दिएको छु

३१ असार । चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय नाम बनिसकको छ ।
चलचित्र निर्देशनको अनुभव सुनाउदै खनालले राजधानीमा आफूले कलाकारहरुलाई यसो वा यसो गर्नु भनेर निर्देशन नदिएको बताएका छन् । आफ्नो चलचित्र निर्देशनको अनुभव साट्दै निर्देशक खनालले चलचित्रको कथा भूमिका र पात्रबारे राम्ररी बुझाएको र अभिनय र शैली कलाकार आफैलाई निधारण गर्न छुट दिएको बताए । उनले भने,‘धेरै सिनहरुमा कलाकार आफैले दोहो¥याएर रिटेक लिएका छन् । मैले कलाकारहरुलाई आफ्नो अभिनय र चरित्र निर्माणमा आफैले अवसर दिएको छु ।’

उनको भनाईबाट निर्देशक खनाललाई आफूभन्दा सिनियर कलाकारलाई निर्देशन गर्न कठीन काम भएको बुझ्न सकिन्छ ।
आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे । किनकि उनीहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त ह’न्थे । तर, उनीहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन । “मैले छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ । केवल चरित्र र दृश्यलाई सम्झाएँ”, अभिनेता खनालले भने, “नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।”
तीन दशकको अभिनय यात्रापश्चात् उनी निर्देशक बनेका छन् । छोटो चलचित्रको निर्देशन गर्ने योजना बनाए पनि विषयवस्तुले उनलाई ठूलो पर्दामै निर्देशक बनायो । त्यही कारण अभिनेता खनालको परिचयमा निर्देशक थपिएको छ । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शनरत छ ।

यद्यपि योजना बनाएर नै निर्देशनको यात्रा प्रारम्भ नभएको उनले जानकारी दिए । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा पु¥याउनु पर्छ भन्ने लाग्यो”, अभिनेता खनालले भने, “यो कथा ममार्फत नै भन्नुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे ।”

सयौँ चलचित्रमा अभिनय गरिसकका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताए । त्यसैले उनले एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् । आफैँसँग धेरै चलचित्रमा सहकार्य गर्नुभएकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरेका छन् ।

आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उनको योजना छ । यद्यपि उनले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिए । चलचित्र ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन् । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ४ : ११ बजे