२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरको सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’



यो एउटा साधनले सडकको धुलो पखाल्ने, विरुवामा पानी हाल्ने र धुलाम्य भएको विरुवामा पानी हाल्ने काम गर्छ

ललितपुर
१ साउन । ललितपुर महनगरले सडकको धुलो पखाल्न दुईवटा ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याएको छ ।
पानी ट्याङकीबाट निस्कने पानीको फोहोरले सडकको धुलो पखाल्छ । सडकको किनारामा रोपिएको विरुवा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको विरुवा पखाल्न समेत यसको प्रयोग गरिने ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले बताए । उनले भने, ‘ यो एउटा साधनले सडकको धुलो पखाल्ने, विरुवामा पानी हाल्ने र धुलाम्य भएको विरुवामा पानी हाल्ने काम गर्छ । ’
मेयर महर्जनले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रबद्र्धनका लागि यो साधन खरिद गरेको बताए । ललितपुर महानगर एक करोड २२ लाख ८५ हजारमा ‘रोड वासर कम स्प्रिङकल खरिद गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले रोड वासर कम स्प्रिङकलले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए । उनले भने, ‘महानगरपालिकाभित्र आवश्यकता अनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौं । ’ प्राविधिकहरुका अनुसार यसले आगलागीको बेला आगो निभाउन सहयोग गर्नेछ ।
ललितपुर महानगरले यसअघि अव्यवस्थित ढंगबाट टाँगिएका तार काट्ने अग्लो मेसिन समेत प्रयोगमा ल्याइसकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।