१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


यो बर्ष ‘मिष्टर वल्र्ड’को ताज नेपालले जित्ने आयोजकको दावी



मलाई विश्वास छ । यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपाल आउने छ

 

३ साउन । यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपालले हात पार्न सक्ने अवस्था रहेको दाबी ‘मिष्टर नेपाल’को आयोजक नेक्स्ट मोडल्स नेपालले गरेको छ ।

‘मिष्टर नेपाल’का प्रतियोगीका रुपमा यो पटक एकसेएक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि नेपालले पाउने सिइयो रवि धमलाको धारणा राखे ।
‘यो पटक हामीले प्रतियोगीको प्रशिक्षणदेखि हरेक कुरो उत्कृट गरेका छौ’, धमलाले भने ‘मलाई विश्वास छ । यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपाल आउने छ ।’
कार्यक्रममा यो पटक मिष्टर नेपालका प्रतियोगी हरेक पक्षबाट सक्षम रहेको अभिनेता तथा प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकारले बताए ।
ताम्राकारले भने ‘उपाधि एउटाले जित्छ । समाजमा सबै प्रतियोगी अब्बल भने देखिनेछन् ।’ प्रतियोगीतामा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायतका ब्यक्ति प्रतियोगीका रुपमा रहेको उनले जानकारी दिए ।

 

अभिनेत्री आँचल शर्मा, पुर्व मिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, शैलजा अधिकारी, विश्व किरण जैन लगायत निर्णायक

कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगीता गर्ने बताइन् । प्रतियोगीता यस पटकबाट नेपालकै नम्बर वान प्रतियोगीता भएको दाबी उनको छ ।
कार्यक्रममा २० अन्तिम प्रतियोगी समेत सार्वजनिक गरिएको थियो । प्रतियोगीमा निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन् । निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) लगायत प्रतियोगी छन् ।
न्युलुक ‘मिष्टर नेपाल २०२३’को नामबाट आयोजना हुन लागेको प्रतियोगीताको ग्राण्ड फाइनल आगामी शनिबार दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक भब्य समारोहकाबीच आयोजना हँुदैछ ।
प्रतियोगीतामा शिर्ष सहित बिभिन्न बिधागत गरेर १२ विजेता छानिनेछ । शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार जित्न सक्नेछन् ।

देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फानलका लागि आयोजकले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी बिधामा प्रशिक्षण दिएको छ ।
२००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागतिा रहेको नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगीताको फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पुर्व मिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, शैलजा अधिकारी, विश्व किरण जैन लगायत निर्णायक रहेका छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : ०६ बजे