४ साउन । विवादमा आएको कान्तिपुर टिभी एचडीको ‘ह्वाट द फ्लप’ कार्यक्रम पूर्णतः रोकिएको छ ।
सञ्चारकर्मी सन्दीप क्षेत्रीले सञ्चालन गर्दै आएको यस कार्यक्रममा असार तेश्रो साता अभिनेता पल शाहसँग अन्तवार्ता विवादमा आएको थियो ।
बलत्कारको आरोपमा जेल जीवन बिताउदाको बेलाको प्रसंगलाई मजाकको विषय बनाएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो । विवाद उत्कर्षमा पुगेपछि त्यसताका टेलिभिजनले कार्यक्रम नै हटाएको थियो ।
सञ्चारकर्मी क्षेत्री अन्र्तवार्ताको क्रममा बेतुकको हाँसो निकालेर कार्यक्रममा ‘हभागीहरुलाई अतिथीलाई अप्ठ्यारो पार्ने गरेको देखिन्थ्यो । यस अघिको कार्यक्रममा गगन थापा र विश्वप्रकाश शर्मालेसँगको संवादमा गम्भिर विषयमा हाँसेको भन्दै शर्माले कडा टिप्पणी गरेका थिए । यस अघि मधेसी समुदायलाई मजाकको पात्र बनाएर गिज्जाएको आरोपमा विवाद उत्पन्न भएको थियो ।
टेलिभिजनले छिट्टै यस ठाँउमा अर्को कार्यक्रम ल्याउने जानकारी दिएको छ ।
४ श्रावण २०८०, बिहिबार
284
Shares
प्रतिक्रिया