२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको कुसुन्तीमा घरको झ्याल फोरेर हस्ताक्षर गरेको १० लाख बैंकको चेक चोरी



५ साउन । ललितपुरको कुसुन्तीमा एक घरको झ्याल फोरेर १० लाख हस्ताक्षर गरेर राखेको बैकको चेक चोरी भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका १३ कुसुन्ती डेरा गरी बस्ने स्याङजा घर भएका ४५ वर्षीय हिरामणी काफ्लेको कोठाबाट कोही नभएको अवस्थामा पछाडि पट्टीको झ्याल फोडेर चोरी गरिएको छ । । उनको घरबाट सुनका विभिन्न गहना, घडी र नगद समेत गरी करिब ४ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल तथा १० लाखको हस्ताक्षर गरेको बैंक चेक बिहीबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।