२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको कुसुन्तीमा घरको झ्याल फोरेर हस्ताक्षर गरेको १० लाख बैंकको चेक चोरी



५ साउन । ललितपुरको कुसुन्तीमा एक घरको झ्याल फोरेर १० लाख हस्ताक्षर गरेर राखेको बैकको चेक चोरी भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका १३ कुसुन्ती डेरा गरी बस्ने स्याङजा घर भएका ४५ वर्षीय हिरामणी काफ्लेको कोठाबाट कोही नभएको अवस्थामा पछाडि पट्टीको झ्याल फोडेर चोरी गरिएको छ । । उनको घरबाट सुनका विभिन्न गहना, घडी र नगद समेत गरी करिब ४ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल तथा १० लाखको हस्ताक्षर गरेको बैंक चेक बिहीबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।