३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पुर्वमिस नेपाल माल्भिकाले खोलिन् श्रीमान्सँग सम्बन्ध विच्छेद भएको रहस्य



माल्भिकाका केही साथीहरुले राइसकुकर र प्लेटलगायतका सरसामान किनेर सहयोग समेत गरेका थिए

ललितखबर
१० साउन । पुर्व मिस नेपाल माल्भिका सुव्वाले आफ्नो श्रीमान्सँग सम्बन्ध विच्छद गरेको रहस्य खुलाएकी छिन् । एक अन्र्तवार्तामा उनले दुई वर्षअघि नै सम्बन्ध अन्त गरेको बताएकी छिन् ।
लामो समयसम्म आफ्नो श्रीमान्सँग झगडा परेको र घर छोडेको उनको भनाई छ । आफूसँग छोरा रहेको उनको पालनपोषण गर्न कठीन बनेको उनको भनाई छ ।
उनले रुदै आफ्नो छोरा रहेकाले नै आफू बाचिरहेको तथ्य खोलेकी छिन् । मिडिया पर्सन भएको अवस्थामा दर्शक श्रोताहरुको अगाडि हाँसेर बोल्नु पर्दाको सकस भएको उनको भनाई छ ।
सम्बन्ध विच्छेद भए पनि पुर्वश्रीमान्को घर नजिकै बसेकी माल्भिकाले बच्चाको वाबु, हजुरवुवा र हजुरआमासँग रहन सहयोग गरेकी थिइन् ।
अन्तवार्ताका अनुसार माल्भिकाका केही साथीहरुले राइसकुकर र प्लेटलगायतका सरसामान किनेर सहयोग समेत गरेका थिए । श्रीमान्को घरबाट निस्कदा आफ्नो बच्चा बाटोमा धेरै बेरसँग रुदा गल्ती गरेको महसुस हुने गरेको रहस्य समेत उनले खोलेकी छिन् ।

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।