४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गगन थापाले तिरे आयोगलाई १५ हजार रुपैयाँ जरिवाना



११ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई जरिवाना तिरेका छन् ।

महामन्त्री थापाले बुधबार सामाजिक सञ्जालमार्फत निर्वाचन खर्च सार्वजनिक गर्दै आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराएका छन् । निर्वाचन खर्चको विवरण सार्वजनिक नगरेको भन्दै आयोगले गत मंसिरमा भएको चुनावका उम्मेदवारहरूलाई १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

महामन्त्री थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले निर्वाचन आयोगमा खर्च विवरण २०७९ मंसिर २५ गते नै बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो, तर यस्तो जानकारी आयोगलाई दिनुपर्ने थाहा नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको छु ।’

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।