२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरका व्यावसायीसँग कर उठाउने अभियानमा महाँकाल गाँउपालिका



ललितखबर
१४ साउन । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले यस क्षेत्रमा व्यावसायीलाई करको दायरामा ल्याउने प्रकृया सुरु गरेको छ । केही समयअघि दुग्ध व्यावसायीलाई प्रतिलिटर २० पैसा कर लगाउने निर्णय गरेसँगै भर्खरै सूचना प्रकाशित गरेर गाँउपालिकाका व्यापार व्यावसाय गर्ने व्यावसायीहरुलाई करको दायरामा आउन आह्वान गरेको छ ।
गाँउपालिकाले आइतबार सूचना प्रकाशित गरेर ५ लाखसम्म लगानीमा सञ्चालन भएको व्यावसाय गाँउपालिकामा आएर दर्ता गर्न आह्वान गरेको हो ।
गाँउपालिकाले वागमती प्रदेश सरकारले जारी गरेको प्रादेशिक व्यापार तथा व्यावसायसम्बन्धि ऐन २०७६ को दफा २ को खण्ड ६ रसोही ऐनको अनुसूचि ६ तथा प्रदेश समन्वय परिषदको परिपत्र अनुसार दर्ता हुन आह्वान गरेको जानकारी दिएको छ ।

कर तिर्नु हरेक नागरिकको कर्तव्य मानिन्छ । नागरिकले राज्यलाई कर नतिरे सरकारले दण्ड र जरिवाना गर्न सक्छ । जसले कर तिर्दैन उसले राज्य स्वीकार नगरेको विश्वव्यापी मान्यता छ ।
केही समयअघि गाँउपालिकाले दुग्ध व्यावसायीसँग कर उठाउने भएपछि केही व्यावसायीहरुले विरोध गरेका थिए । विरोधकाबीच गाँउपालिकाले व्यावसायीलाई करको दायरामा ल्यान लागेको हो ।
दक्षिण ललितपुरको कर उठाउने सवालमा महाँकाल गाँउपालिका कमजोर पालिकामा पर्छ । यहाँ कुनै उद्योग धन्दा कलकारखाना र खानीलगायत श्रोत छैन ।

 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।