२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरका व्यावसायीसँग कर उठाउने अभियानमा महाँकाल गाँउपालिका



ललितखबर
१४ साउन । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले यस क्षेत्रमा व्यावसायीलाई करको दायरामा ल्याउने प्रकृया सुरु गरेको छ । केही समयअघि दुग्ध व्यावसायीलाई प्रतिलिटर २० पैसा कर लगाउने निर्णय गरेसँगै भर्खरै सूचना प्रकाशित गरेर गाँउपालिकाका व्यापार व्यावसाय गर्ने व्यावसायीहरुलाई करको दायरामा आउन आह्वान गरेको छ ।
गाँउपालिकाले आइतबार सूचना प्रकाशित गरेर ५ लाखसम्म लगानीमा सञ्चालन भएको व्यावसाय गाँउपालिकामा आएर दर्ता गर्न आह्वान गरेको हो ।
गाँउपालिकाले वागमती प्रदेश सरकारले जारी गरेको प्रादेशिक व्यापार तथा व्यावसायसम्बन्धि ऐन २०७६ को दफा २ को खण्ड ६ रसोही ऐनको अनुसूचि ६ तथा प्रदेश समन्वय परिषदको परिपत्र अनुसार दर्ता हुन आह्वान गरेको जानकारी दिएको छ ।

कर तिर्नु हरेक नागरिकको कर्तव्य मानिन्छ । नागरिकले राज्यलाई कर नतिरे सरकारले दण्ड र जरिवाना गर्न सक्छ । जसले कर तिर्दैन उसले राज्य स्वीकार नगरेको विश्वव्यापी मान्यता छ ।
केही समयअघि गाँउपालिकाले दुग्ध व्यावसायीसँग कर उठाउने भएपछि केही व्यावसायीहरुले विरोध गरेका थिए । विरोधकाबीच गाँउपालिकाले व्यावसायीलाई करको दायरामा ल्यान लागेको हो ।
दक्षिण ललितपुरको कर उठाउने सवालमा महाँकाल गाँउपालिका कमजोर पालिकामा पर्छ । यहाँ कुनै उद्योग धन्दा कलकारखाना र खानीलगायत श्रोत छैन ।

 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।