१९ साउन । सिजन मिडियाले आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय अवार्ड वितरण गर्ने भएको छ ।
असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो ।
सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको काम र मेहनतलाई हौसला प्रदान गर्न सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।
‘देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा सामजीक योगदान, व्यावसायिक सोच, व्यवसायीक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न अवार्ड आयोजना गरेका हौं’उनले भने ।
सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुवइमा सम्पर्न भएको थियो । यस वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका विभिन्न व्यवसायीक व्यत्तित्वहरुलाई नेपालमा आमन्त्रण गरी सम्पन गर्ने लक्ष्य राखिएको उनले बताए ।
अध्यक्ष वन्तले सामाजिक राजनैतिक सास्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्ष भन्दा वढी समय निरन्तर काम गरि सफलता प्राप्त गर्नु भएका र हाल विभिन्न काममा क्रियाशील रहिरहनु भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको बताउछन् । “सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ” उनले भने ।
सकारात्मक सोच राखौं व्यवसायीक तथा सामाजिक दायित्व पूरा गरौ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौ भन्ने कार्यक्रमको ध्येय रहेको उनको भनाई छ ।







प्रतिक्रिया