२१ साउन । दक्षिण ललितपुरको गोटिखेलमा अवस्थित महांकाल पूर्व विद्यार्थी संघले विद्यालय २०७९ सालको एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच बधाइ तथा सम्मान गरेको छ ।
महाँकाल गाउँपालिका गोटीखेलमा आइतबार आयोजित कार्यक्रममा ३४ जना विद्यार्थीहरुलाई बधाइ तथा सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेब फुयाँल र महांकाल पूर्व विद्यार्थी संघ अध्यक्ष लक्षण घिमिरेले विद्यार्थीहरुलाई सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा पूर्व विद्यार्थी संघका सदस्य सुमित्रा घिमिरेको तर्फबाट कलम र डायरी हस्तान्तरण गरिएको थियो ।
पूर्व विद्यार्थी समेत रहेका जिल्ला समन्वय समिती अध्यक्ष ऋषिदेब फुयाँल, सूृर्य प्रसाद घिमिरे, रामशरण शर्मा घिमिरे र सिताराम घिमिरे लगायतले दक्षिणपुर्वी ललितपुरको शिक्षा क्षेत्रको विकाशका सन्दर्भमा मन्तव्य राखेका थिए ।








प्रतिक्रिया