२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्चले अध्यक्ष नेपालमाथि अनुसन्धान गर्न फैसलापछि जेनेभा प्रस्थान



 

२२ साउन । सर्वोच्च अदालतले वालुवाटारको जग्गा प्रकरणका निर्णय कर्ता पुर्वप्रधानमन्त्री वावुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि अनुसन्धान गर्न फैसला दिए लगत्तै नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको निजी सचिव मोहन गौतमले जानकारी दिएका छन् । अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले सम्हाल्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ५ : ०५ बजे