२३ साउन । गायिका सुनिता दुलालको नयाँ तीज गीत ‘पियारी’ राजधानीमा सोमबार सार्वजनिक गरिएको छ ।
कलाकार दिपाश्री निरौला, सुनिता दुलाल, निर शाह, लक्ष्मी गिरी, लक्ष्मी जोशीलगायतका गायिका दुलाल तीज गीतमा पियारीमा अभिनय रहेको छ ।
गायिका दुलालको स्वरमा रहेको पियारीको शब्द र संगीत दीपक शर्माको रहेको छ ।

सो तीज गीतमा महिलाहरु व्यस्तजीवनशैलीका कारण माइत जान नपाएको पिडा र पारिवारिक मिलनलाई देखाइएको छ ।
गायिका सुनिता दुलाले आफ्नो यस तीज गीत ‘पियारी’ले आम दर्शकमाझ माया पाउने विश्वास व्यक्त गरिन् ।
उक्त अवसरमा वरिष्ठ कलाकार लक्ष्मी गिरीले गायिका दुलालको स्वर रहेको ‘पियारी’ तीज गीतले नेपाली मौलिकता झल्काउने र भड्किलो म्युजिक र पहिरन नरहेको बताइन् ।
नीर शाह, लक्ष्मी गिरी, रचना रिमाल, तारा थापा, कालीप्रसाद बास्कोटा, पुर्व मिस नेपाल उषा खडगी, पल्पसा डंगोललगायत कलाकारको उपस्थिती रहेको थियो । गायिका दुलालले ९ जना गायन क्षेत्रका अग्रज र अनुजलाई सम्मान गर्दै उपहार प्रदान गरेकी छिन् ।








प्रतिक्रिया