२३ साउन । ललितपुरको फर्सीडोल ईँटा भट्टामा निसान गाडीको ठक्करबाट एक वालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २२ फर्सिडोल ओम श्री इँटाभट्टा उद्योगभित्र प्रदेश ०३–०१–००३ प ९०८३ नम्बरको निसान गाडीको ठक्करबाट सोही इँटाभट्टामा काम गरी बस्ने रोल्पा कोटगाउँ गाउँपालिका ६ घर भएका २० वर्षीय सुरेस कुमालको छोरा ५ वर्षीय सागर कुमालको सोमबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको थियो ।
गाडीका सह चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहको जानकारी दिएको छ ।
२३ श्रावण २०८०, मंगलबार
562
Shares








प्रतिक्रिया