२३ साउन । ललितपुरको कुपण्डोलमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १ कुपण्डोलस्थित बालाजु अटो वर्कसपको शाखा कार्यालय निर्माण गर्ने क्रममा करेन्ट लागेर काठमाडौं बुढानिलकण्ठ नगरपालिका ३ बस्ने दोलखा तामाकोशी गाउँपालिका ३ घर भएका १९ वर्षीय शिब विकको सोमबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।








प्रतिक्रिया