ललितखबर
२४ साउन । लामो समय नेपाली चलचित्रमा जमेकी कलाकार लक्ष्मी गिरीले पछिल्लो समय युट्युवबाट पैसा कमाउने कलाकारहरुले आफूलाई हेप्ने गरेको तथ्य खोलेकी छिन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कलाकार गिरीले उनीहरुले आफूलाई विचरा भन्ने गरेको दुखेसो पोख्दै आफू लक्ष्मी प्रसाददेवकोटाजस्तै विचरा बाँच्न रहर भएकोे बताइन् ।
निर शाहले नेपाल टेलिभिजन खोल्न पहल गरेको स्मरण गर्दै कतिपय कलाकारले गाडी चढेर ‘टेलिफिल्मकी लक्ष्मी कता गई’ भनेर अपमान गरेको स्मरण गरिन् ।
वरिष्ठ कलाकार निर शाहले पहिलो पल्ट नेपालमा आफूले पहल गरेर गीत रत्न रेकर्डिङ स्टुडियो खोलेको तर रेकर्डिङ स्टुडियो खोल्न भारतमा भत्ता र भष्टाचारका लागि गीत रेकर्डिङ गर्न जाने सरकारी कर्मचारीले असहयोग गरेको सम्झिए ।
स्टुडियोमा पहिलो गीत तारा थापाले गएको उनले खुलाखा गरे । नारायण गोपाल र गोपाल योञ्जनबीच बोलचाल नहुँदा गीत रेर्कड नै गर्न नसकिएको उनले किस्सा सुनाए ।
हेर्नुस् भिडियो :
प्रतिक्रिया