२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


यश कुमारले ल्याए म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी'(भिडिओसहित)



२४ साउन । गायक यश कुमारले म्युजिकल फिल्म सार्वजनिक गरेका छन्। यश कुमार अफिसियल युट्युब च्यानलमार्फत ’सुस्तरी सुस्तरी’ बोलको गीत सार्वजनिक गरिएको हो। गायनमा उनलाई अनु चौधरीले साथ दिएकी छन्।

यश कुमारको शब्द र संगीत रहेको गीतमा एसके बच्चाले संगीत संयोजन गरेका छन्। गीतको भिडिओमा सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगरप्रहरीबीचको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ।

निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्ममा यश कुमार, अनु थापा, राजेश घतानी, पन्छी तामाङ, अनिता लामालगायत कलाकारको अभिनय छ। उत्तम हुमागाईंले छायांकन गरेको गीतको भिडिओलाई विकास धमलाले सम्पादन गरेका छन्। यसको कथा यश कुमारले तयार पारेका हुन्।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।