२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन प्रकरणमा सरकारको संलग्नता छ: अध्यक्ष ओली



२८ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको संलग्नतामा सुन तस्करी भएको दाबी गरेका छन्।

उनले आइतबार पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘यति हुँदा पनि अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा नदिनु आठौं र नवौं आश्चार्य हो।’

अध्यक्ष ओलीले सर्वसाधारणले ल्याउने एउटा सियो र बटम समेत देख्नेहरुले एक सय क्विन्टल सुन देख्दैनन भनेर प्रश्न गरेका थिए।

‘सर्वसाधारणको एउटा सिनो र बटम पनि देख्ने। कम्मरको पेटी, चुरा, कोट, टोपी खोलाउने। डिटेक्टर लाउँछ। शरिर छाम्छन पनि। एउटा कुनै चिज जान सक्छ त्यहाँबाट?’, उनले भने, ‘सरकारको संलग्नता बिना यो भन्सार छलि गर्ने र चोरी गर्नेहरुले मात्र हुने कुरा हो, के त्यहा“ सरकार अल्मल्याइएकै हो र?’

अध्यक्ष ओलीले थपे, ‘त्यसैले सरकारको संलग्नाता बिना यो संभव छैन। जसरी सरकारले अड्डी र अडान लिएको छ। गठबन्धनको सांसद पनि बोलेमा समाइदिन्छु। थुनिदिन्छु। जाली मुद्दा लगाउने अनि। यस ढंगले अडान लिनुका पछाडी के छ?’

उनले यस बीचमा ३३ पटक सुन आएको दाबी पनि गरे। ‘३३ अर्बको कारोबार भएको छ। १ अर्बको मात्र समातियो। एक सय किलो सुन काण्ड भनेर देखाएको छ। दुनियाँले त्यता हेरेको छ’, ओलीले भने।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।