३ भदौं । गतशुक्रबार भदौं १ बाट चलचित्र ‘जुलेबी’ र ‘हिंड्दा हिंड्दै’ प्रर्दशनमा आए ।
पछिल्लो सिनेमा बजारमा चलचित्रहरुले उल्येखनीय व्यापार नगरिरहेको सन्दर्भमा यी चलचित्रहरुले नयाँ बाटो देखाउने अपेक्षा गरिएकोमा फुरि तुसारापात भएको छ ।
दुवै चलचित्र समान रुपमा असफल हुने खतरा देखिएको छ । शुक्रबार र शनिबार दुई दिनको रिर्पोट अनुसार यी चलचित्रले एक लाख पनि कमाउन सकेका छैनन् ।
चलचित्र विकास बोर्डका अनुसार चलचित्र ‘जुलेबी’ले शनिबार बेलुकासम्म ९३ हजार रुपैयाँ ग्रस कलेक्सन (हलमा टिकट बिक्रिपछि उठेको जम्मा व्यापार) छ ।
उता चलचित्र ‘हिंड्दा हिंड्दै’को पनि उस्तै हातल छ । यस चलचित्रले दुई दिनमा जम्मा ७४ हजार रुपैयाँ मात्रै उठाएको छ ।
चलचित्र ‘जुलेबी’मा उषा रजक सुरक्षा पन्त, सुशील सिटौला,लगायतको अभिनयले अभिनय गरेका छन् भने ‘हिंड्दा हिंड्दै’मा आकाश श्रेष्ठ, रेखा शाह, सानिया खानको अभिनय छ ।
देशभरका चलचित्र हलहरुमा भारतीय फिल्महरु ‘ओएमजी २’ र ‘गदर २’को चलिरहेका छन् । यी चलचित्रले भने राम्रो व्यापार गरिरहेको बताइन्छ । भदौं महिनाभर अन्य चलचित्रहरु पनि प्रर्दशनको लाइनमा छन् ।
प्रतिक्रिया