१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रमा पात्र कारण आर्कषण बढ्दै



कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो । तर हामी बजारको निर्देशनभन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकी सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ
३ भदौ । नेपालमा केही वर्षयता पात्रका कारण  चलचित्रका आकर्षण बढेको छ । जसका कारण  चलचित्रले गर्ने व्यापारको आँकडा पनि बढ्दैछ । विशेषगरी अभिनेता सुनिल थापाले निर्वाह गरेको ‘राते काइँला’, राजेश हमालले निर्वाह गर्नुभएको ‘शङ्कर’, सौगात मल्लले निर्वाह गरेको ‘हाकु काले’, दयाहाङ राईले निर्वाह गरेको ‘काजी’लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छ ।
कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन थालेको निर्देशक दिनेश राउतले बताए ।
पछिल्लो दुई चलचित्र ‘प्रसाद र प्रकाश’मा भने भूमिका सुहाउँदो कलाकारको ‘अडिसन’ लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौँ
“मैले सुरुआती समयमा आफू निर्देशक बन्ने मै केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार ‘डिमाण्ड’ गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ”, निर्देशक राउतले भने, “पछिल्लो दुई चलचित्र ‘प्रसाद र प्रकाश’मा भने भूमिका सुहाउँदो कलाकारको ‘अडिसन’ लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौँ ।”
निर्देशनको प्रारम्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उनले सबै काम आफैँ गर्नुहुन्थ्यो । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक नै हुन्छन् । उनले पछिल्लो चलचित्र ‘प्रकाश’ मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिएका थिए ।
चलचित्रको भाषामा ‘कास्टिङ डाइरेक्टर’ भनिन्छ । उनको काम नै कथामा लेखिएको पात्रअनुसारको कलाकार छनोट गरेर निर्देशकसम्म पु¥याउने हुन्छ ।
निर्देशक राउत बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए । “कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो । तर हामी बजारको निर्देशनभन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकी सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ”, निर्देशक राउतले भने, “व्यावसायिक पाटोलाई विशेष महत्त्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन् । परिवर्तन हुँदैछन् ।”
कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो । तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुने गरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ । तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ ।
कुनै चलचित्र हेर्ने नहर्ने निर्णय लिने कारण कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकामा कलाकार उपयुक्त देखिँदैनन् भने कुनै भूमिकाले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  २ : २७ बजे