१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जय हो’ र ‘महानगर’ आजदेखि प्रर्दशन



८ भदौं । आजदेखि चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रर्दशनमा आएको छ ।
चलचित्र ‘जय हो’ सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको छ । प्रेम कथामा आधारित यस चलचित्रमा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठले पनि अभिनय गरेका छन् ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको यस चलचित्र शोभित बस्नेत प्रस्तुतकर्ता रहेका छन् ।

चलचित्र टेक पौरखी राईले निर्देशन गरेका छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीतमा यो चलचित्र निर्माण गरिएको छ ।

चलचित्र नेपाललगायत विश्वभर एकै पल्ट प्रर्दशनमा आएको चलचित्रका निर्माता सोभित बस्नेतले बताएका छन् ।
आजबाट प्रर्दशन भएको चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौं) मा चलचित्रमा चलचित्रमा अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान, अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय छ ।
चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत रहेको चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिंगटन डीसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ भइसकेको छ । विभिन्न चलचित्र महोत्सवमा छानौट भएको चलचित्र महानगर इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल तथा भारतको जागरण फिल्म फेस्टिभलमा पनि ‘महानगर’ छनोट भएको थियो ।

चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो । नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । साथै इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा चलचित्रले ‘मोस्ट इन्सिपिरेश्नल थिम’ अवार्ड तथा कर्माले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : ३२ बजे