२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


स्वर्गीय सारुक र उनका वावु सानुलाई अभिनेत्री नम्रताले दिइन् श्रद्धाञ्जली



१० भदौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्रकार र उनका वावु सानु ताम्रकारलाई श्रद्धाञ्जली दिएकी छिन् । केही समयअघि काठमाडौंको कालोपुलस्थित निवासमा आत्महत्याका गरेको अवस्थामा भेटिएका अभिनेता सारुकको शोकमा रहेका ताम्रकारका पिता सानु ताम्रकारको हिजो शनिबार उपचारका क्रममा निधन भएको थियो ।

उनले सानु ताम्राकार र सारुकको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै नमैताले लेखेकी छन्, ‘रेस्ट इन पीस । बैकुण्ठ बास होस् । सम्पूर्ण परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् ।’उनले अभिनेता सारुकको निधनपछि औपचारिक रुपमा कही कतै श्रद्धाञ्जली दिएकी थिइनन् । उनको श्रद्धाञ्जलीको कमेन्टमा धेरै नकारात्मक कमेन्ट आएको थियो ।

पछिल्लो समय नम्रतासँग सारुकको मेलमेल रहेको र विभिन्न घटना र परिघटनाका विषयमा समाचारहरु सञ्चारमाध्यमहरुमा प्रकाशित भएका छन् । तर अभिनेत्री नम्रताले यसको जवाफ सार्वजनिक रुपमा दिएकी छैनन ।

पछिल्लो समउ चलचित्र ह्यासट्याग मायाको छायांकन क्रममा नम्रताले सारुकलाई गाली गरेको घटना यस चलचित्रका निर्देशक राजीव गुरुङले सार्वजनिक गरेका थिए । घटनाको केही समयपछि उनको आत्महत्यापछि रजतपटमा विभिन्न हल्ला चलेको छ ।
सारुक र नम्रता प्रेमबीच सम्बन्ध रहेको चर्चा थियो । चलचित्र तयारीका लागि बुढानिलकण्ठस्थित एउटा घरमा उनीहरु लामो समयदेखि बस्दै आएका थिए ।
नम्रतासँगै कलाजगतका विभिन्न व्यक्तिहरुले उनप्रति श्रद्धाञ्जली दिने क्रम जारी छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।