काठमाडौँ
११ भदौ । ललितपुर महानगरपालिका २० कुमारीपाटीस्थित एक कन्सल्टेन्सीमा आज आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई आज आगलागी भएको जानकारी दिए ।
आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब रु ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए ।
ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले महानगरको दमकल प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएको बताए ।
प्रतिक्रिया