५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विवाह बन्धन बाँधिइन् अभिनेत्री निरूता सिंह



१६ भदौ । अभिनेत्री निरूता सिंह विवाह बन्धनमा बाँधिएकी छन् । उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरकेो जानकारी दिएकी हुन्। ‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो ‘’निरूता जी बिहे कहिले गर्ने?’ भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु।तपाईंहरूको निरुता सिंहले गत बिहीबार घज्ञकत ब्गaनगकत द्दण्द्दघ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।
यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन्।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।