१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘अ‍ैंचो पैंचो’ समिक्षा : महिला निर्देशक कृषाको औषत चलचित्र



ललितखबर
१८ भदौं । पछिल्लो हप्ता नेपाली चलचित्र ‘अ‍ैचो पैंचो’ प्रर्दशन भइरहेको छ । नेपाली चलचित्र हेर्न संस्कृतीमा अल्झन आइरहेको आजको अवस्थामा चलचित्रका अ‍ैचो पैचोमा थुप्रै राम्रो र नराम्रो पक्षको भेटिएका छन् ।
चलचित्र पुरुष पात्र वरिपरि मात्रै घुम्दैन । महिलापात्रहरु पनि उत्तिकै सशक्त रुपमा देखाइएको छ ।

 

 

चलचित्रमा पुराना राजनीतिको फोहोरी खेल मार्मिक ढंगले देखाइएको छ । युवाहरुलाई पछिल्लो राजनीतिक व्यवस्थाले ल्याएको दुःख राजनीतिक नेताहरुले समाजमा मच्चाएको लुटधन्दा चलचित्रमा प्रष्ट देखाइएको छ । जसले चलचित्रको प्राण भरेको छ ।
राजनीतिमा एउटा इमानदार युवाले राजनीतिमा कसरी सफलता पाउछ भन्ने देखाउनु चलचित्रको सकारात्मक र शसक्त पाटो हो ।
चलचित्रमा पञ्चलाइनले सुन्दरता थपेको छ । ‘राजनीति यस्तो पेशा हो जहाँ गरिवको लागि लड्दा लड्दै धनी भएको पत्तै हुँदैन ।’ ‘मरौ मरौं लाग्ने घाट बनाएको छु ।’ ‘वाईपंखी घोडामा आउने कोही छैन ।’ ‘एउटा हातले नोट दिने अनि अर्को हातले भोट लिन’ेजस्ता संवादले चलचित्रलाई रोचक बनाएको छ ।


चलचित्र समसामयिक कथामा आधारित भए पनि पछिल्लो राजनीतिक घटनाक्रम समेटिएको बुझ्न गाह्रो हुँदैन । जुन कुराले दर्शकलाई उत्साहित त बनाउछ । तर हामीले भोगेकै कुरा रहेछ नयाँ केही छैन भन्ने दर्शकले अनुभव गर्छन् ।
राजेश हमालकालीन सुत्रबद्ध प्रेमकथामा आधारित चलचित्र पछि नेपाली चलचित्र बास्तविकतामा आधारित बन्न थाले । जुन आजसम्म पनि निरन्तर छ । तर आजपयन्त त्यो बाटो मोडेर नयाँ र रोचक कथा चलचित्रको पर्दामा हेर्न पाइदैन । सबैले त्यही बाटो पछ्याएका छन् । अ‍ैंचो पैंचो पनि यही बाटोमा हिडेको छ ।
चलचित्रको टिजर र ट्रेलरले जतिको चलचित्र हेर्ने दर्शकलाई उत्साहित बनाएको थियो । हलबाट बाहिरिने दर्शकलाई त्यो स्वाद भने भेट्दैनन् ।

चलचित्रको कथाका कारण कमजोर छ ।
राजनितीलाई मुल कथाबस्तु बनाएर कृषा अधिकारीले निर्देशन गरेकी यो चलचित्रमा स्वस्तिमा खड्का र बर्षा राउत,कोशिस क्षेत्री, सुशील लगायत अभिनेता अभिनेत्रीको भूमिका हेर्न सकिन्छ ।
चलचित्रको गीत पनि रंगभेदी छ । ‘काले केटा’ले शव्दले नेपाली समाजमा भएका काला बर्गका युवाको मनमा चोट पु¥याएको छ ।
कलाकारहरुको भूमिका


चलचित्रमा भर्सटायल अभिनेताको रुपमा चलचित्र क्षेत्रमा स्थापित अभिनेता मुकुन भुसालले वास्तविक कला र फरक भुमिका देखाउन पाएका छैनन् । समाजको एउटा सामान्य पात्र र असमान्य सोच र देशप्रतिको मायाँ चलचित्रमा दर्शाइएको छ । मुकुनले चलचित्रमा प्रभाव र पात्र स्थापित गर्ने अवसर पाएका छैनन् । उनको अभिनय राम्रो छ । तर तारिफ गर्न लायक छैन । अभिनेता मुकुनलाई चलचित्रले व्यक्तिगत रुपमा फाइदा छैन । घाटा पनि छैन । उनको भूमिका औशत छ ।


अभिनेत्री स्वस्तिमा खड्काका लागि चलचित्रको पात्र सम्झन लायक छैन । चलचित्रमा उनको भूमिका नकारात्मक छ । जसका कारण स्वस्तिमाका लागि आम्दानीको बाटो त बन्यो होला तर उनलाई यो चलचित्रले करियरमा गणना गर्न लायक छैन । उनको भूमिका अप्रत्यासित छ । नायिका स्वस्तिमा जस्तो कलाकार सह अभिनेत्रीको भूमिकामा खुम्चदा दर्शकले अलि अप्ठ्यारो महसुस गर्छन् ।

पात्रको हिसावले अभिनेत्री बर्षा चलचित्रमा जमेकी छिन् । तर उनले चलचित्रमा आफ्नो अभिनय सशक्त रुपमा गर्न सकेकी छैनन् । बर्षाको चरित्रका स्वस्तिमा र स्वस्तिमाको ठाँउमा बर्षाको अभिनय उपयुक्त हुन्थ्यो ।
चलचित्रमा नकारात्मक भूमिकामा कोषिश क्षेत्री जमेका छन् । उनको अभिनय र चलचित्रको पात्रलाई न्याय गर्न सकेका देखिन्छन् ।


चरित्र अभिनेताको भूमिका सुवाउने सुशील सिटौलाको अभिनय औशत छ । कलाकार राजाराम पौडेलको अभिनयले चलचित्रमा प्राण भरेको छ । उनको भिनाजुको भूमिका चलचित्रमा हेर्नलायक छ ।
चलचित्रमा धेरै कलाकार भएकै कारण पनि सलल बगेको छैन । सबै पात्रको कथा भन्दा भन्दै ‘अ‍ैचो पैंचो’ कथाले बाटो विराउछ । सलल बग्दैन ।

 

 

कथाको विधिधताका कारण चलचित्र मलमलमा परेको छ । युवकहरु विवाह गर्ने र नगर्ने विवादमा अल्झनु, त्रिकोणात्मक प्रेम सम्बन्धले चलचित्र रोचक बनाउने कोषिश गर्नु र राजनीतिक प्रबृतिलाई देखाउन खोज्दा कथा अलमलमा परेको हो । चलचित्र हेर्दा दर्शकले बोर चाही मान्दैनन् । तर चलचित्रले के भन्न खोज्दैछ किन विवाह गर्ने र नगर्ने विषय चलचित्रमा राखेको, त्रिकोणात्मक प्रेमकथा र राजनीति विषय किन मिसाएको भन्ने प्रश्न आउँछ ।
सिनेमेट्रोग्राफीलाई खोट लगाउने ठाँउ छैन । चलचित्रको गीत संगीत औषत छ । चलचित्रको मसलाको रुपमा द्वन्द्वको दृश्यले सघाएको छ ।


नेपाली रजतपटमा चलचित्र अ‍ैंचो पैंचो औसत राम्रो बनेको छ । चलचित्र हेर्ने दर्शकले मनोरञ्जन पक्कै लिन्छन् । तर कथाको कमजोरीले ठाँउ ठाँउमा यस्तो किन भएको होला भन्ने प्रश्न उठन सक्छ । महिला निर्देशक कृषा चौलागाईले रजतपटम राम्रो सम्भावना देखाएकी छिन् । उनले चलचित्रको कथाबस्तु र पटकथाको संवादलाई शसक्त बनाएर मात्रै चलचित्र निर्देशनमाअ अघि बढ्दा राम्रो हुन्छ होला । महिला निर्देशक कृषा चौलागाईको औषत चलचित्र बनाएकी छिन् । अ‍ैंचो पैचो चलचित्रमार्फत निर्देशनमा डेव्यु गरेकी हक्की र आँटली निर्देशकको पहिचान बनाएकी कृषाको आगामी चलचित्र झन् शसक्त बन्ने आपेक्षा गर्न सकिन्छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ३ : ५४ बजे