ललितपुर
२१ भदौ । ललितपुरको गोदावरी बाँडेगाँउमा मामाघर अनाथालय आश्रमद्वारा सञ्चालित महायज्ञ मा ललितपुर क्षेत्र नं. १का सासंद पाहुनाको रुपमा सहभागी भएका छन् ।
बुधबार समुद्घाटन भएको महायज्ञमा सासंद राणाले महायज्ञको दुवै भागवत बाचिका महिलाहरु रहेको भन्दै अन्य धर्ममा महिलालाई यति प्रमुख जिम्मेवारीमा पुग्ने अवसर सृजना नभएको भन्दै प्रशंशा गरेका छन् ।
‘हिन्दु धर्मले महिलालाई सम्मान गरेको छ । यहाँ दुवै महिला भागवत बाचिका हुनुहुन्छ, अरु धर्ममा यस्तो छैन । विदेशीको संस्कृति र समाजमा यस्तो छैन । हाम्रो धर्ममा महिलाहरुलाई भगवानको रुपमा पनि पूजा गर्ने प्रचलन छ । यो हाम्रो राम्रो पक्ष हो। हिन्दु धर्मको बारे हाम्रो पुस्तालाई पनि बुझाउनु आवश्यक छ ।’ सासंद राणाले महायज्ञलाई सम्बोधन गर्दै भने ।
आश्रमका अध्यक्ष बालयोगेश्वर विजय मुर्ती माहाराजले महायज्ञमा संकलित रकमबाट गोदावरी नगरपालिका वडा १४ बाडेगाउमा सञ्चालनमा रहेको अनाथाश्रमको व्यवस्थापनका लागि उपयोग हुने वताए ।
“ हामी यो महायज्ञबाट प्राप्त रकम मामाघर अनाथालय आश्रमकै लागि उपयोग गर्छौं । यो महायज्ञ सम्पन्न भएको भोली पल्टै निर्माण समिति बनाएर उठेको सम्पूर्ण रकम हस्तान्तरण गर्छौं । दाताहरुको सहयोगको सदुपयोग हुने प्रतिवद्दता जहेर गर्न चाहान्छु । “ विजय मुर्ती माहाराजले भने ।
मामामघर अनाथालय सञ्चालनका लागि बुधबारबाट सुरु भएको विराट महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने छ । महायज्ञको उदघाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गरेका थिए ।
प्रतिक्रिया