२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक भगवत गीता’ को नाम ‘एक भागवत र एक गीता’ राख्ने सहमति



२४ भदौ । चलचित्र ‘एक भगवत गीता’ को विवाद टुंगिएको छ। शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’ लाई लिएर भइरहेको विवाद टुंगिएको हो।

सहमति अनुसार अब चलचित्रको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ।

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए।

धार्मिक संस्थाको निवेदनपछि बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफरिस रोकेको थियो।

चलचित्र भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको छ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।