ललितखबर
२५ भदौं । यो साता ललितपुरको गोदावरी क्षेत्रमा रहेको ‘मामाघर’ आश्रममा विभिन्न राजनीतिक दलका नेताहरुको लस्कर लागेको छ ।
बालयोगेश्वर विजय मुर्ती माहाराजद्वारा स्थापित मामाघर अनाथालयमा जारी श्रीमद भागवत विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा सहभागी हुने क्रममा नेताहरु पुगेका हुन् ।
गत विहीबार कार्यक्रममा ललितपुर १का संघीय सासंद आतिथ्यता ग्रहण गर्न पुगे । आइतबार भने मन्त्री संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र ललितपुर ३ की सासंद डा.तोसिमा कार्की सहभागी भए । उनीहरुले आश्रममा आरतीको अवलोकन गरेका थिए ।
धार्मिक महोत्सवमा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अतिथिको रुपमा आसनग्रहण गर्न महायज्ञमा पुगेका थिए । अध्यक्ष नेपाललाई आश्रमका अध्यक्ष बालयोगेश्वर महाराजले दुवोको माला लगाएर स्वागत गरेका थिए ।
सासंदहरु गगन थापा,ज्ञानेन्द्र शाही र नेपाली काँग्रेसको केन्द्रिय सदस्य उर्मिला नेपाल समेत फरक फरक समयमा अतिथीको रुपमा महायज्ञमा सहभागी भए ।
मामामघर अनाथालय सञ्चालनका लागि बुधबारबाट सुरु भएको विराट महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।
्महोत्सवको कथाबाचन महिला विदुषिहरु गरिमा उपाध्याय र उमा महेश्वरीले कथा बाचन गरिरहेका छन् ।
भक्तपुरको ताथलीमा बेसहारा जेष्ठ नागरिकहरुका लागि ‘छोरीको घर’आश्रमको भगिनी संस्था सञ्चालन भइरहेको छ ।
गत भदौं २० गते आश्रममा मन्त्री शरदसिंह भण्डारीले कार्यक्रमको समुद्घाटन गरेका थिए ।
प्रतिक्रिया