२५ भदौं । ललितपुर महालक्ष्मी नगरपालिकामा प्रथम महालक्ष्मी नगर व्यापार पर्यटन एंव साँस्कृतिक महोत्सव २०८० मंगलबार सुरु हुने भएको छ ।
राष्ट्रिय संगीतकर्मी संघ ललितपुर अध्यक्ष सुवास महतले असोज ७ गतेसम्म महोत्सव जारी रहने बताए ।
महालक्ष्मी नगरपालिका नगरको वडा नं. २ कमिटी अशोक टोल सुधार समितीको सहयोगमा स२ले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा व्यापार मेलाका लागि विभिन्न स्टल रहनेछन् भने सास्कृतिक कार्यक्र समेत आयोजना गरिनेछ ।
प्रतिक्रिया