गोदावरी
२५ भदौ । ललितपुरकी सासंद डा. तोसिमा कार्कीले भष्ट नेताले श्रीमद् भागवत सुन्न जरुरी रहेको बताएकी छिन् ।
ललितपुरको गोदावरी क्षेत्र बाँडेगाँउ मामाघर आश्रममा जारी श्रीमद्भागवत् महायज्ञमा बोल्दै सासंद डा. कार्कीले भ्रष्ट नेता र कार्यकर्ताहरुलाई आध्यात्मिक चिन्तन गराउन जरुरी रहेको तर्क गरिन् । उनले मन र बिचार शुद्ध भए मात्र देश अगाडि बढ्ने बताइन् ।
उनले भनिन्, ‘पदमा भएका नेतृत्वलाई करोडौँ भ्रष्टाचारी गर्ने गर्छन् भने उहाँहरुलाई श्रीमद्भागवत् काथमा भएका १८ हजार तीन सय ४५ अध्याय सुन्न जरुरी छ ।’
“धर्म मन्दिरमा मात्र हैन, कर्ममा पनि गरौं । धर्म मन्दिरमा हैन घर र समाजमा पनि गरौ ।“ कवितात्मक लयमासुनाउँदै आश्रमलाई सदैव आफ्नोे तर्फबाट रहने आश्वासन दिएकी छिन् ।
२५ भाद्र २०८०, सोमबार
32
Shares
प्रतिक्रिया