२५ भदौं । चलचित्र ‘गोर्खा वारिअर’ पहिलोपल्ट लण्डनस्थित चर्चित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गरिएको छ ।
निर्देशक मिलन चाम्स ‘गोर्खा वारिअर’लाई लण्डनमा रेडकार्पेट प्रिमियर गर्न पाउनु जीवनकै सुखद क्षण भएको बताएका छन् । कार्यक्रममा निर्देशक चाम्ससहित कलाकारहरु रितेश चाम्स र रेविका गुरुङ र दीया पुन सहभागी् भएका थिए ।
लण्डनको स्थानीय लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्डमा आयोजित समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, योगेश्वर अमात्य, धीरेन शाक्य, सन्तोष सेन, प्रेम पुरी, ज्योति राई, जनकदीप पराजुलीलगायत सहभागी भएका छन् ।
दोस्रो विश्वयुद्धको क्रममा मलायामा नेपाली गोर्खा सेनाले लडेको बहादुरीपूर्ण लडाइँको कथा चलचित्रमा रहेको छ । कार्यक्रममा सहभागी हुन थुप्रै नेपाली पहुना बेलायत पुगेका थिए । कार्यक्रममा बेलायती गोर्खा सेनाका परिवारजनको बाक्लो उपस्थिती थियो ।
लण्डनस्थित चर्चित आइम्याक्स सिनेवर्ल्डमा पहिलो पल्ट नेपाली चलचित्र प्रिमियर गरिएको हो ।
तस्वीर : कुशल श्रेष्ठ
प्रतिक्रिया