२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने, झन्डा आधा झुकाउने



२६ भदौ । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। नेकपा एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो।
बैठक नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो। पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्यासित निधनमा दु:ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएको बताए

उनले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको बताए। उनले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको पनि बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।