२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बानेश्वरमा कलाकार दिपक दिपाले खोले १० करोड लगानीमा मल्टिप्लेक्स हल



२९ भदौं । अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्मल शर्मालगायतको समूहले काठमाडौंको बानेश्वरमा करिव १० करोड लगानीमा मल्टिप्लेक्स हल शुभारम्भ भएको छ ।
शुक्रबार विहान उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले मल्टिप्लेक्स हलको उद्घाटन गरे ।
पाँच बर्षअघि निर्माण सुरु भएको यो हल कोरोना महामारीलगायतका विभिन्न समस्याका कारण भर्खर निर्माण सम्पन्न भएको हो ।
आईएनआई सिनेमा हल नाम रहेको मल्टिप्लेक्स हलमा ३ सय ८७ जनाको सिट क्ष्।मता रहेको दुई वटा हल शुभारम्भ गरिएको हो ।
अभिनेता दिपकराज गिरीले ‘आइएनआई मल्टिप्लेक्स  हल’ मा आजैबाट नेपाली सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) र ‘नांङ्गो गाउँ’ सँगै ‘जवान’ र ‘द नन् २’ चलचित्र प्रर्दशन सुरु भएको छ ।
यस अघि  समूहले काठमाडौं गोंगबु नयाँ बसपार्कको लोत्से मलमा र रुपन्देहीको भैरहवामा आईएनआई क्युबक्स सञ्चालनमा ल्याइसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।