ललितपुर
५ असोज । ललितपुरको कुसुन्ती र सानेपामा श्रृखलाबद्ध रुपमा दिउँसै चोरीको घटना भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २ सानेपा गुर्सिङगल डेरा गरी बस्ने उदयपुर बेलका नगरपालिका ८ घर भएका ३१ वर्षीय कमल बहादुर कटुवालको कोठाबाट नगद, टिभी, सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ७ लाख १८ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
घठना पछि प्रहरी बिट सानेपाबाट खटिएको प्रहरीले शंकास्पद १ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
यसैगरी ललितपुर महानगरपालिका १३ कुसुन्ती हजुरबुबा चोक बस्ने बिकाश महर्जनको घरबाट करिब ३ लाख रूपैयाँ बराबरको सुनको गहना बिहीबार दिउँसो चोरी भएको छ ।
ललितपुर प्रहरीले चोरीका घटनाहरुमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथैसम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
५ आश्विन २०८०, शुक्रबार
164
Shares
प्रतिक्रिया