४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका समीक्षा अधिकारीको शिर सजाउने फूल सार्वजनिक(भिडिओसहित)



८ असोज । गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘शिर सजाउने फूल’ सार्वजनिक भएको छ। सगरमाथा डिजिटलले गायक शिव परियारको स्वरमा हिट भएको गीतलाई अधिकारीको स्वरमा सार्वजनिक गरेको हो।
करिब १० वर्षअघि सगरमाथा डिजिटलले नै गायक परियारको स्वरमा यो गीत बजारमा ल्याएको थियो। १० वर्षपछि गीतले बल्ल महिला आवाज पाएको हो।

अनिल के मानन्धरको निर्देशनमा रहेको गीतको भिडिओमा गायिका अधिकारीलाई देख्न सकिन्छ। कर्ण चापागाईंको शब्द रचनामा रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन्।

ए प्लस रेकर्डिङ स्टुडियोमा यस गीतको रेकर्ड सबिर केसीले गरेका हुन् भने सरोज केसीले गितार बजाएका छन्। बाँसुरीमा रत्न विके छन्।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।