२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरकी एक महिलाले दायर गरेको रिटमा सर्वोच्चले भन्यो, ‘आमाको मात्र नाम राखेर नागरिकता दिनु’



८ असोज । सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ । बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको जनाउँदै २०७८ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

आफू प्रेम सम्बन्धमा रहेको अवस्थामा गर्भवती भएको र त्यसपछि विवाह नगरी पुरुष सम्पर्कविहीन भएकोले छोरीलाई नागरिकता दिलाउन नसकेको उनको गुनासो थियो।

बुवाको स्थायी ठेगाना मनहरि–४, मकवानपुरको वडा कार्यालयमा जन्मदर्ता गराउन खोज्दा पनि नगरिदिएको उनले निवेदनमा उल्लेख गरेकी थिइन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले गत साउन २३ गते गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो।

आमासँग वंशजको नागरिकता रहेको र अस्पतालले दिएको जन्म प्रमाणपत्र पनि रहेको अवस्थामा बुवाको नाम आवश्यक नपर्ने सर्वोच्चको ठहर छ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।